सदरमुकामसँगैको गाविस सञ्चार सेवाबाट बञ्चित


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २५ सोमवार १२:१६ बजे

सदरमुकामसँगैको गाविस सञ्चार सेवाबाट बञ्चित

सोलुखुम्बु, २५ पुस ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको गाविस गोराखानीमा अहिलेसम्म पनि सञ्चार सेवा पुग्न सकेको छैन । सल्लेरी–५ र गोराखानी–१ सीमा जोडिएको भए पनि त्यहाँसमेत मोबाइल सेवा सञ्चालन नभएको गोराखानी–१ दिम्सेसका दावा शेर्पाले बताउनुभयो । गोराखानीका कुनै पनि वडामा टेलिफोन सेवा पुग्न सकेको छैन ।

टेलिफोन गर्नका लागि अझै पनि अग्लो डाँडाडाँडा नेटवर्क खोज्दै चाहनुपर्ने गोराखानी–८ का मिङ्मार तामाङले बताउनुभयो । डाँडाडाँडामा एनसेलको नेटवर्क आए पनि नेपाल टेलिकमले प्रदान गर्ने स्काई र जिएसएमको नेटवर्कले भने कतै पनि नछोएको गोराखानीवासीको गुनासो छ ।

टेलिकमले केरुङ–२ पत्तालेमा विटिएस राखे पनि गोराखानीसम्म त्यसको तरङ नआउने उनीहरु बताउँछन् । टेलिकमले जिएसएमको बिटिएसमार्फत सबै गाविसमा सेवा पु¥याएको जनाए पनि हालसम्म गोराखानी गाविसमा पुग्न सकेको छैन् ।

सञ्चार अभावमा महत्वपूर्ण खबर आदानप्रदानसमेत हुन नसकेको उनीहरुको गुनासो छ । गोराखानी–६ स्थित नयाँ गाविसको भवनमा बिटिएस राखेमा गोराखानी, टाप्टिङ र केरुङको केही भागमा समेत सेवा पुग्ने जानकारहरु बताउँछन् । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार