तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २० बुधवार ०७:१३ बजे

तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

पुस २०
सर्लाही ।

पिपरिया ३ की ३० बर्षिया गुन्द्रदेवीले ३ छोरीलाई विष खुवाई आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

विष सेवनपछि गम्भीर गुन्द्रदेवी र उनकी १० बर्षीया छोरी चन्दादेवीलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा दुबैको बाटोमा मृत्यु भएको थियो । यो खबर आजको नागरिकमा छ ।

 1467888663

सोमबार साँझ गुन्द्रदेवीले १३ बर्षीय छोरी पूजाकुमारी, १० बर्षीया छोरी चन्दाकुमारी र तीन बर्षीय छोरी राधाकुमारीलाई पानीमा विष घोलेर खुवाइ आफूले पनि खाएकी थिइन् ।

गम्भीर अवस्थामा रहेका पूजाकुमारी र राधाकुमारीको मलंगवामा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेसनल अस्पताल वीरगन्ज पठाइएको छ ।

गुन्द्रदेवीले गरिबीका कारण अनिश्चित भविष्य देखेर छोरीहरुलाई विष खुवाएर आफूले पनि खाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार