नक्कली जग्गाधनी बनाएर २० करोडको जग्गा कौडीको भाउमा बिक्री


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १९ मंगलवार ०७:२५ बजे

नक्कली जग्गाधनी बनाएर २० करोडको जग्गा कौडीको भाउमा बिक्री

१९ पुस,
काठमाडौं ।

ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँ मूल्य बराबरको जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ ।

सो कार्यमा उनीहरुलाई चितवन मालपोत कार्यालयका कर्मचारीले पनि साथ दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रहरीले नक्कली जग्गाधनी खडा गरी सो जग्गा बिक्री गरेको आरोपमा ललितपुरका मालमोत अधिकृत मीनबहादुर भट्टराईलाई पक्राउ गरेको हो । उनी काठमाडौं मालपोतमा हुँदा २०६६ सालमा सो जग्गा बिक्री भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार