परोपकार महासंघको तेस्रो महाधिवेशन पुस २७ देखि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १८ सोमवार १६:०८ बजे

परोपकार महासंघको तेस्रो महाधिवेशन पुस २७ देखि

काठमाडौं, १८ पुस ।

राष्ट्रिय परोपकार महासंघ नेपालले आफ्नो तेस्रो महाधिबेशन यहि पुस २७ देखि माघ ४ गतेसम्म गर्ने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरेर सेवा नै धर्म हो भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना गरिएको संस्थाले तेस्रो अधिबेशन, महायज्ञ जस्ता धार्मिक कार्यक्रम गर्ने जनाएको हो ।

संस्थाका अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले जन जनका मनमनमा सेवा गर्ने भावना जागृत गराउने मूल उद्देश्यले सम्पन्न गर्न लागिएको महायज्ञ एव््म महाधिबेशनमा सबैलाई उच्च मन र सेवा गर्ने बिचारका साथ उपस्थित् भईदिन आग्रह गर्नुभयो ।

परोपकारी अभियानले अघि सरेर समाजमा रहेका अनेक खालका भेदभाव र दुःखद स्थितिको अन्त्य गर्नमा हातेमालो गर्नको लागि आग्रह गर्दै गौतमले देशभरमा ४५ वटा जिल्लामा यस महासंघको साखा रहेको भन्दै गाउँ नगर र जिल्लाको अधिबेशन सकिएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार