कुष्ठरोग बोकेर ४० बर्षदेखि खोलाको किनारमा एक्लै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १८ सोमवार ०७:५० बजे

कुष्ठरोग बोकेर ४० बर्षदेखि खोलाको किनारमा एक्लै

पुस १८,
रुकुम ।

आफ्नो रोग अरुलाई नसरोस् भन्ने उद्धेश्यले रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आउनुभएको छ । कुष्ठरोग सर्ने रोग त होइन तरपनि अन्धविश्वासका कारण यस्तो हुन भएको हो ।

६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य हुनुभएको हो । सानै उम्मेरमा कुष्ठरोग भएपछि उहाँलाई आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो छाप्रोमा बस्दै आउनुभएको हो । १३ वर्षको उम्मेरमै कुष्ठरोग लागेको र त्यस बेलादेखि आफू एक्लै बस्दै आएको केसीले बताउनुभयो । लामो समयदेखि कुष्ठरोगले पीडित बनेकी केसीलाई अहिले भने सञ्चो भइसकेको छ । रोग सञ्चो भए पनि गाउँमा आफूलाई हेर्ने दृष्टिकोण नफेरिएको उहाँको गुनासो छ । “अहिले पनि गाउँमा कतै म जाँदा कुष्ठरोगी आई भन्दै सबै टाढा भाग्छन्, केसीले भन्नुभयो त्यही भएर पनि म यही कटेरोमा (सानो छाप्रो) बस्छु ।” उहाँ अहिले अपाङ्ग बन्नुभएको छ । केसीका हात, खुट्टाका औँला छैनन् भने शरीरमा गाठागुठी परेका छन् ।

सुनसान खोलाको छेउमा रहेको सानो छाप्रोमा बस्ने केसीले गाउँमा मागेर छाक टार्ने गरेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार