लोकमानसिंह कार्कीबारे गगन थापालाइ के मतलव !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १२ आइतवार १५:२० बजे

लोकमानसिंह कार्कीबारे गगन थापालाइ के मतलव !

काठमाण्डौ
भदौ १२
व्यवस्थापिका संसदमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीलाई महाभियोग लगाउने विषयमा छलफलका लागि दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव अगाडी नबढ्ने भएको छ । प्रस्तावका प्रस्तावक कांग्रेस सांसद गगन थापा मन्त्री भएकाले सो प्रस्ताव अलपत्र परेको हो ।

lok

चिकित्सा शिक्षा क्षेत्रमा अख्तियारले हस्तक्षेप गरेको भन्दै शिक्षण अस्पताल महाराजगंजका प्राध्यापक डाक्टर गोबिन्द केसीले अख्तियार प्रमुख कार्कीलाइ महाअभियोग लगाएर हटाउनुपर्ने भन्दै आमरण अनसन नै बसेपछि यो विषयबारे चौतर्फी बहस भएको थियो । त्यसबेला सांसद थापा प्रस्तावक तथा कांग्रेसकै अर्का सांसद धनराज गुरुङ र माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठ समर्थक भएर संसदमा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो । सभामुख ओनसरी घर्तीले दर्ता भएका सार्वजनिक महत्वको प्रस्ताव संसदमा अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा छनौट गर्न ९ सदस्यीय समिति गठन गरिसकेको अवस्थामा अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग लगाउनुपर्ने भन्ने विषयमा संसदमा हुने छलफल रोकिएको हो । कुनैपनि प्रस्तावका प्रस्तावक मन्त्री भइसकेपछि त्यस प्रस्तावमाथी संसदमा छलफल अघि नबढ्ने तर अर्कै प्रस्तावक भएर सोहि बिषयलाइ पुनः दर्ता गरे छलफल अघि बढ्नसक्ने प्रावधान रहेको संसद सचिवालयका सहप्रवक्ता शुर्दशन कुइकेलले जानकारी दिनुभयो । यसैबिच, सो प्रस्तावका प्रस्तावक कांग्रेस सांसद धनराज गुरुङले ट्विट गर्दै अख्तियार प्रमुख कार्कीलाइ महाअभियोग लगाउनेबारे छलफल गरियोस् भनेर दर्ता भएको प्रस्ताव अलपत्र परेकोमा दुःख व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार