बेलीब्रिज जडानपछि गाईघाट–दिक्तेल यातायात सञ्चालन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १४ बिहीवार ०९:०१ बजे

बेलीब्रिज जडानपछि गाईघाट–दिक्तेल यातायात सञ्चालन

१४ पुस,
गाईघाट,उदयपुर ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको आँपटारको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चे गाविस बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सिधा यातायात सञ्चालन सुरु भएको छ ।

बर्खायाम लागेर सुनकोसी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा फुकालिएको बेलीब्रिज मङ्सिर १३ गतेबाट पुनः जडान सुरु गरी सोमबार जडान कार्य पूर्ण रुपमा सम्पन्न भइसकेको गाईघाट दिक्तेल सडक कार्यालयका प्राविधिक प्रमुख राजेन्द्र जोशीले बताएका छन् ।

मङ्गलबारदेखि गाईघाटबाट दिक्तेल र दिक्तेलबाट गाईघाट केही यातायातका साधन सञ्चालन हुन थालेको छ । गत जेठमा बेलीब्रिज फुकालिएपछि गाईघाट दिक्तेलसम्म सिधा यातायात सञ्चालन हुन सकेको थिएन ।

यता बेलीब्रिज जडानसँगै अब नियमित रुपमा गाईघाट दिक्तेल सडकमा ठूला सवारीका साधन बससमेत औपचारिक रुपमा सञ्चालन गर्न लागिएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा औपचारिक उद््घाटन गर्नुभएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अझैसम्म पनि स्थायी पुल निर्माण हुन सकेको छैन । स्थायी पुल हुन नसक्दा हिउँदमा बेलीब्रिज जडान गर्ने र बर्खायाममा निकाल्ने कार्य हुँदै आएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार