फरार भनिएका अभियुक्त नै सरकारी जागिरे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १२ मंगलवार ०६:४५ बजे

फरार भनिएका अभियुक्त नै सरकारी जागिरे

१२ पुस,
काठमाडौं ।

दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी कतै लुकेका थिएनन् ।

साल्ट ट्रेडिङ पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै आएका थिए । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनलाई आइतबार प्रहरीले पक्राउ गरेपछि मात्रै फरार अभियुक्त सरकारी जागिरमै रहेको खुलेको हो । कास्की प्रहरीको सहयोगमा महानरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार ३२ असार २०६३मा उनले गुल्मी शान्तिपुर धुँवाकोटका वैकुण्ठ रानामगरको हत्या गरेका थिए । उनीसहति ६(७ जना व्यक्ति मिलेर मगरको हत्यार भएको थियो ।

घटनापछि फरार भएका उनीले पोखरा गएर सरकारी जागिर खाएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार