अलग भएकोमा दाहाल र भट्टराइलाई पश्चताप


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ११ सोमवार १३:५३ बजे

अलग भएकोमा दाहाल र भट्टराइलाई पश्चताप

काठमाण्डौ, ११ पुस ।

प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई आफूहरु एकै ठाउँमा आउँनुपर्ने परिस्थीति आएको बताएका छन् ।

सोमबार माओवादी केन्द्रका सांसद स्वर्गीय भक्ति पाण्डेको पुस्तक चाचा को विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले देशको परिस्थितिले हामीलाई फेरि एकै ठाउँमा ल्याउन बाध्य पारेको बताउनुभयो ।

छुट्टिएको १४ महिनापछि एउटै मञ्चमा देखिएका दाहाल र भट्टराईले पाण्डेको पुस्तक ’चाचा’ को एउटै मञ्चबाट सार्वजनिक गर्दै एक अर्कासँगको सम्बन्धबारे आ आफ्नो बिचार व्यक्त गरेका थिए । प्रधानमन्त्री दाहालले आफूहरु इमान्दार भएर एक ठाउँमा आउनुपर्ने धारणा राख्नुभयो ।

यस्तै संयोजक भट्टराईले माओवादीसँग मिल्ने सम्भावना भोलि पनि रहने भन्दै पहिला विचार मिल्नुपर्ने बताउनुभयो । उहाले हिजो माओत्सेतुङले भनेको कुराले मात्रै नपुग्ने भन्दै विचारकै कारण अलग भएको बताउनुभयो ।

द्वन्द्वात्मक भौतिकवादका आधारभूत तत्व समाएर अरु विचारको विकास गर्न सकिएमा सकरात्मक रहेको बताउनुभयो । भट्टराईले माओवादीसँग भिन्न वैचारिक मत राख्दै २०७२ असोज ९ गते पार्टी परित्याग गर्नुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार