सदरमुकाम-रुम्जाटार जोड्ने फास्ट ट्रयाक सञ्चालन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १० आइतवार १५:४३ बजे

सदरमुकाम-रुम्जाटार जोड्ने फास्ट ट्रयाक सञ्चालन

ओखलढुंगा, १० पुस ।

ओखलढुंगाको सदरमुकामदेखि रुम्जाटार विमानस्थसम्म जोड्ने साढे ६ किलोमिटर सडक आइतबारबाट सञ्चालनमा आएको छ । सडक खुलेसँगै सदरमुकामबाट बर्णालु हुँदै १३ किलोमिटर घुमेर रुम्जाटार यात्राको बाध्यता हटेको छ ।

सडक निर्माणका लागि गाविस, जिविस र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटसहित २५ लाख रुपैयाँ खर्च भएको बताईएको छ । सडकको स्तरोन्नति र मर्मतकालागि स्थानीयले नगरपालिका र सांसदलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार