महाविर पुनलाई आविस्कार गर्न भन्दै ५ लाख २७ हजार दिए इष्टमित्रले


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ३ आइतवार ११:४४ बजे

महाविर पुनलाई आविस्कार गर्न भन्दै ५ लाख २७ हजार दिए इष्टमित्रले

काठमाण्डौ
पुस ३

म्याग्दीको राम्चे र हिस्तान गाविसका बासिन्दाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका लागि पाँच लाख २७ हजार रुपैया सङ्कलन गरेका छन् ।

म्याग्दीको राम्चेमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा जुटिरहेका बेला गाउँलेले उनको अभियानलाई सफल बनाउन सो रकम सङ्कलन गरेका हुन् । आविष्कार केन्द्रका लागि राम्चे गाविसबाट रु तीन लाख सङ्कलन भएको छ भने हिस्तानबाट करिब साढे दुई लाख रुपैया सङ्कलन भएको छ । गाविसका समाजसेवी, आमासमूह, क्लब, विद्यालयका शिक्षकले आफ्नो तलबको केही रकम आविष्कार केन्द्रका लागि सहयोग गरेको आदर्श माविका स्रोतकेन्द्रका स्रोत व्यक्ति एवम् अभियानका संयोजक भरतकुमार पुनले जानकारी दिनुभयो । राष्ट्रिय आविष्कार केन्द्रका लागि अझै गाउँबाट सहयोग आउने कार्य भइरहेको हुनाले सहयोग बढ्ने संयोजक पुनले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार