५ सय ६५ बाट काटकुट गरेर आयोगले ७ सय भाग लगायो नेपाललाई !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २ शनिवार १८:१० बजे

५ सय ६५ बाट काटकुट गरेर आयोगले ७ सय भाग लगायो  नेपाललाई !

काठमाण्डौ
पुस २
स्थानीय तहको पुनर्संरचना गर्न बनेको आयोगले करिव सवा ७ सय स्थानीय तह हुने गरी प्रतिवेदन तयार पारेको छ । यसलाई अन्तिम रुपमा दिएर  सरकारलाई बुझाउने आयोग सदस्य श्याम भुर्तेलले जानकारी दिनुभयो ।

आयोगले ६८ जिल्लाको जिल्लाकै गाउँपालिका र नगरपालिकाको संख्या र सीमासहित प्रतिवेदन बनाएको छ । र एक दुई दिनमा सबै जिल्लाको प्रतिवेदन आएपछि अन्तिम रुप दिएपछि आयोगमा बुझाउने तयारी छ । आयोगले मंसिर मसान्तभित्र प्रतिवेदन बुझाउने भनेको थियो ।
तर, तराई मधेसका ८ जिल्लाको पुनर्संरचना हुन नसक्दा केही दिन ढिला भएको आयोगले बताएको छ । प्रदेशन नंवर दुईका ८ जिल्लाहरुबाट  एक दूई दिन भित्रमा काम सकिने आयोगले जनाएको  छ । मधेसी मोर्चाको अवरोधका कारण जिल्लामा काम हुन नसकेपछि आयोगले सम्वन्धित जिल्लाका सांसदहरुलाई काठमाडौंमै बोलाएर स्थानीय तह पुनर्संरचना गर्न चाहेको थियो ।  एक सदस्यका अनुसार सांसदहरुले आ आफ्नो सुझाव भने आयोगमै आएर दिएका छन् । सांसदहरुको सुझाव र प्राविधिक समितिको गृहकार्यलाई आधारमा मागेर ८ जिल्लाको पुनर्संरचना गरिदै  छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार