आसेपासे महासेठ
काठमाण्डौ
भदौ १०
नवनियुक्त मन्त्रीहरुले सपथ सँगै पदबहाली ग्रहण गर्न सिंहदरबार पुग्दा उनीहरु निकटका कार्यकर्ता,आसेपासेले सिंहदरबार भरिभराउ भएको छ । कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको मन्त्रालयमा पुग्दा जयनेपाल भन्दै हात मिलाउनेको भिड लागेको छ भने माओवादी निकट मन्त्रीहरुले नेतृत्व गरेको मन्त्रालयमा पुगे लालसलाम कमरेड भन्नेको चाप देख्न सकिन्छ । यसअघि एमाले नेतृत्वको सरकारमा पनि नमस्कार ठोक्नेहरुको भिड नलागेको होइन सिंहदरबारमा । यसरी मुलुकमा एकबर्ष पनि नपुग्दै सरकार परिवर्तन हुने गरेपछि सिंहदरबारमा हरेकथरी अनुहारहरुको कुदाकुद देख्न सकिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज चोथौ पटक मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । मुख्य सक्ता गठबन्धन दल नेपाली काग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । नवनियुक्त सबै १३ जना मन्त्रीहरुले विहान पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विहान सपथ गराउनुएको हो ।
नया थपिएका मन्त्रीहरुमा प्रकाशशरण महत (परराष्ट्र), अर्जुननरसिंह केसी (शहरी विकास), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन), नवीन्द्रराज जोशी (उद्योग), केशव बूढाथोकी (सामान्य प्रशासन), दीपक गिरी (सिँचाइँ) र सीतादेवी यादव (शान्ति) मन्त्री रहेका छन् । यस्तै रोमी गौचन थकालीले वाणिज्य, हृदयराम थानी सहकारी , जीवनबहादुर शाही ,पर्यटन तथा संस्कृति ,र गगन थापाले स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिएका छन् । सथप लिएका मन्त्रीहरुले कायृभार आजैदेखि सम्हालेका छन् ।
यसअघि कांग्रेसका तर्फबाट उपप्रधान एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पुर्वाधार तथा यातायात विकासमा रमेश लेखकले कार्यभार सम्हाली सक्नुभएको छ । सरकारमा अब काँग्रेसका तर्फबाट मन्त्रीको संख्या १५ पुगेको छ । सुरुमा काँग्रेसले १३ वटा मन्त्रालय पाउने सहमति भएको कुरा बाहिर आएपनि १५ मन्त्रालय लिएको छ । काग्रेस सभापति देउवाले पार्टीबाट केही राज्यमन्त्री पनि पठाउने तयारी गर्नुभएको जनाईएको छ ।
