मान्छे मार्दै पैसा लुट्ने समुह अब जेलभित्र जादै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २८ मंगलवार १६:२१ बजे

मान्छे मार्दै पैसा लुट्ने समुह अब जेलभित्र जादै

काठमाण्डौ
मंसिर २८

विगत पाँच वर्षदेखि रुपन्देहीका विभिन्न स्थानमा हत्या र लुटपाट गर्ने अपराधिक समूहका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ।

विशेषगरी चाडपर्वहरुको समयमा वृृद्ध महिला, सुत्केरी महिला, एकल महिलाहरुलाई धारिलो हतियारले हत्या गरी चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । ०६८ सालदेखि यता चाडपर्वको समयमा महिला ४ र पुरुष १ जना गरी पाँच जनालाई हत्या गर्ने सर्लाही सुन्दरपुर चौराहा–८ पिराभिटाका ६० वर्षीय चनरु हजारी (पासवान)लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । चोरिएका गहनाहरु विक्री गर्ने हजारीका सहयोगी सर्लाही बरथहवा नगरपालिका–५ बस्ने ४७ वर्षीय दिपक विश्वकर्मालाई पनि पक्राउ गरी इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । घटनामा संलग्न हजारीसहित अन्य दुई जनाको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र धानुकले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार