काठमाण्डौ
मंसिर २७
पुष्पा बस्नेतले सीएनएन सुपर हिरोको उपाधी जित्नुभएको छ । अमेरिकी टेलिभिजन सीएनएनले प्रदान गर्ने सीएनएस हिरो अवार्डको १० वर्ष पूरा भएको अवसरमा सीएनएन हिरो मध्येको उत्कृष्टलाई सीएनएन सुपर हिरोको अवार्ड प्रदान गरिएको हो ।
सीएनएन हिरोका लागि मनोनयनमा परेका चार प्रतिष्पर्धीलाई पछि पार्दै पुष्पाले यो उपाधी जित्नुभएको हो । भोटिङका आधारमा सुपर हिरो चयन गरिएको सीएनएन टेलिभिजनले जनाएको छ । फेसबुक र ट्वीटरमार्पत भोट दिन पाउने व्यवस्था गरिएको थियो । बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक बस्नेत कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको रक्षा गर्ने काम गर्दै आउनुभएको छ ।
उपाधीसँगै बस्नेतले ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत पाउनुभएको छ । उहाँ सन् २०१२ मा सीएनएन हिरो हुनुभएको थियो । सुपरहिरो घोषणा भएपछि एकदमै खुसी देखिएकी पुष्पाले मत प्रदान गरेर उत्कृष्ट बनाउने मतदातालाई धन्यवाद दिनुभएको छ ।
