स्वास्थ्य मन्त्रालय अन्तर्गतका एक डाक्टर माथि भ्रष्टाचार मुद्दा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ८ बुधवार २१:५७ बजे

स्वास्थ्य मन्त्रालय अन्तर्गतका एक डाक्टर माथि भ्रष्टाचार मुद्दा

काठमाडौं

स्वास्थ्य मन्त्रालय अन्तर्गत गाइनोकोलोजिस्ट रुपमा कार्यरत डा सुनिल आचार्यमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइएससीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमिबिबिएस पढेर डाक्टर बनेका थिए । उनलाई नक्कली प्रमाणपत्रका आधारमा नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी नियुक्ति लिएको भन्ने उजुरीको आधारमा अनुसन्धान तथा छानविन  गरिएको थियो ।

आचार्यले २०६३मा नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेस समूह, मेडिकल अधिकृत पद सातौं तहमा सरकारी सेवा प्रवेश गरी मिति २०७३ बाट नेपाल स्वास्थ्य सेवा अब्स्ट्रेटिक तथा गाइनोकोलोजी समूह, कन्सलटेन्ट अब्स्ट्रेटिक तथा गाइनोकोलोजिस्ट नवौं तहमा बढुवा भएका थिए ।

यसरी सरकारी लाभ सुविधा समेत लिने उद्देश्यले नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोप पत्रमा छ । उनले राजाराम साह कलेज रक्सौल,  पूर्वी चम्पारन, भारतबाट सन् १९९७ मा आइएससी प्रथम श्रेणिमा उत्तिर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको बताइएको छ ।

उनलाई  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिमको कसुर गरेको देखिएको हुँदा आचार्यलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६९१० बमोजिम सजाय गर्न मागदाबी गरिएको  छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार