नेपाली क्लासिक मःम अन्तराष्ट्रिय बजारमा न्युरोड र नक्सालमा मात्रै ३ करोड लगानी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २३ बिहीवार ०८:४५ बजे

नेपाली क्लासिक मःम अन्तराष्ट्रिय बजारमा न्युरोड र नक्सालमा मात्रै ३ करोड लगानी

चन्द्रकान्त शर्मा
काठमाण्डौ

नेपालीहरुको जिब्रोमा खाजाको रुपमा स्थापित ममलाई आफ्नै ब्रान्डको रुपमा स्थापित गरी नेपाल भारत अमेरिका लगायत संसारभरी फैलाउने उदेश्यले राजधानीको नारायण चौर नक्सालबाट अन्तराष्ट्रिय स्तरको ममको उत्पादन तथा बिक्रिवितरण सुरु गरिएको  छ । आमा भेन्चर्स प्रालीको एउटा व्यापारिक संस्थाको रुपमा क्लासिक ममको विकास र विस्तार गर्दै नेपाली ममलाई विश्वव्यापीकरण गर्ने मुख्य अभिप्रायले ममको व्यावसायिक उत्पादन तथा बिक्रि सुरु गरिएको राजधानीमा पत्रकार सम्मेन गरी जानकारी गराएको छ ।

पहिलो चरणमा नारायण चौर नक्सालबाट क्लासिक ममको व्यावसायिक रुपमा उत्पादन र विक्रिवितरण सुरु गरिएका छ भने  दाश्रो चरण अर्थात अर्को महिनाभित्र  काठमाण्डौँको न्युरोड,नयाँ बानेश्वर,कोटेश्वर,महाराजगंज हुँदै ललितपुरको झम्सिखेलमा पनि ममको आउटलेट खोलिने आमा भेन्चर्स प्रालीका अध्यक्ष हरिश्वर पोख्रेलले बताउनुभयो । राजधानीको नक्साल र न्युरोडमा कमपनीले ममको उत्पादन र विक्रिको लागि करिब ३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।  भारतको बैङलोरमा ममको आउटलेट खोलिसकेको कम्पनीले नयाँ दिल्ली लगायत भारतका अन्य १० वटा प्रमुख शहरहरुमा पनि आउटलेट खोल्ने जनाइएको छ । विश्वव्यापी रुपमा नेपाली क्लासिक ममको विस्तार गर्ने उदेश्य बोकेको कम्पनीले छिट्टै संयुक्त राज्य अकेरिकाको सिकागोमा पनि शाखा खोल्ने तयारी गरिरहेको सिइओ योगेश पोख्रेलले बताउनुभयो । विदेशको फ्रान्चाइज रेष्टुरेन्टलाई नेपालमा भित्राउने मात्र होइन नेपालीको चर्चित खाजाको रुपमा रहेको ममका परिकार खाने कुनै पनि उपभोक्ताको स्वास्थ्यमा कुनै पनि खराबी अर्थात फुड प्वाइजनिङ भएमा चिकित्सको सिफारिसमा कम्पनीले क्षतिपुर्ति दिने समेत दाबी गर्दै क्लासिक ममको गुणस्तर बारे ग्यारेन्टि गरिएको छ ।बोसोरहित स्वस्थ माुसुको प्रयोग गर्दै ताजा मासु खरिद गरी आफैले किमा बनाएर अजिनोमोटोरहित ओलिभ आयलको प्रयोग गरी जनजिब्रोको चाहानाअनुसार २ दर्जन भन्दा बढी आइटमका मम उत्पादन गरिरहेको कम्पनीले प्रतिप्लेट १९० रुपैयाँदेखि मुल्य निर्धारण गरेको ममका जनरल मेनेजर तीर्थराज घिमिरेले बताउनुभयो । चिनको तिब्ब्तबाट खाजाको रुपमा आयातित ममको रैथाने अर्थात ओरिजिनल स्वाद लिन क्लासिक मममा पुगेका ग्राँहकहरु आफूले अर्डर गरे अनुसारको खाना तयार भयो या भएन भनी सोधिरहनुपर्ने झन्झटबाट मुक्त हुनेछन् ,किनभने त्यहाँ बिशेष प्रविधिसहित भाइब्रेटरको व्यवस्था गरिएको छ । बिशेष प्रविधि जडित भ्राइब्रेटरमा प्रत्येक टेवलको नम्बर अंकित हुनेछ र आफू बसेको टेवलमा भएको भ्राइवेटरले खाना तयार भएपछि भाइब्रेसन दिने छ अनि ग्राहकले आफ्नो खाना तयार भएको जानकारी पाउने छन् । क्लासिक ममको स्वाद लिन उपभोक्तालाई कुनै पनि मम खाँदा त्यसमा सेवा शुल्क र मुल्य अभिवृदधि कर नलिइने  र एउटा मिनरल वाठरको पनि पैसा नलिने गरी व्यवस्थापन गरिएको पनि कम्पनीले जनाएको छ ।क्लासिक मम हाल क्लासिक स्पेसल,स्टिम,फ्राइड,कोथे फ्राइड,छोयला मम,साँधेको मम,पिज्जा मम ,बर्गर मम,सेजुवान् मम,पनिर मम,बफ मम,पोर्क मम,मिक्स भेज ममलगायत २ दर्जन भन्दा बढी ममको स्वाद उपलब्ध हुने छ । क्लासिक ममको आउटलेट रहेको कुनै पनि ठाउँबाट उपभोक्ताको माग अनुसार राजधानीको रिंगरोडभित्रका घरदैलोसम्म डेलिभरी गरिने पनि कम्पनीले व्यवस्था गरेको छ । गुणस्तरीय मम तयार गर्नको लागि थ्री स्टार र फोर स्टार होटलमा काम गरेका अनुभवी  र दक्ष २५ भन्दा बढी कर्मचारीहरु जस्तै सेफ,हेड कुक,कुक र वेयटरको व्यवस्था गरिएको छ । ती कर्मचारीलाई कम्पनीले आकर्षक पारिश्रमिकसहित सन्चय कोष,बोनस र उनीहरुका एकजना सन्तानलाई विद्यालयस्तरमा निशुल्क पढाइको व्यवस्थासमेत निकट भविष्यमा गर्न लागेको कम्पनीले जनाएको छ ।

आमा भेन्चर्सका अन्य उद्योगहरुमा आमा ट्राभल उन्ड टुर्स,अर्जुन फिटनेस क्लब र मार्सल आर्ट,अनलाईन बिजनेस मेरो स्टोर डटकम र विर्तामोड टायल रिसोलिङ विर्तामोड रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार