हस्सु र शितलहरले तराईलाई तर्साउन थाल्यो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:४५ बजे

हस्सु र शितलहरले तराईलाई तर्साउन थाल्यो

काठमाण्डौ
मंसिर २१
पर्सा, बारालगायत मध्य तराईका जिल्लाहरुमा चिसो बढेपछि जनजीवान कष्टकर बन्दै गएको छ । हस्सु र शितलहरका कारण त्यहाको अधिकतम तापाक्रमलाई नै १५ डिग्रीमा झारेको छ । विहानको समयमा लागेको बाक्लो हुस्सुका कारण यातायातका साधान संचालनमा समस्या हुनुको साथै दुर्घटनाको सम्भावना समेत बढाएको जनाईएको छ ।

sitlahar

विहानको समयमा हुस्सु लाग्ने र मध्यान्नदेखी घाम लाग्ने गरेको छ । मध्यान्नदेखि भने तापक्रम बढ्ने गरेको छ । मौसममा हुने परिवर्तसंगै अस्पतालमा विरामीको संख्यालाई समेत बढाएको छ ।
रुघा, खोकी, दम, निमुनिया, कोल्ड डाइरिया, ज्वरोजस्ता रोगबाट ग्रसित भएका विरामीको संख्या दोबरले बढेको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका फिजिसिएन डा. निरज सिंहले बताउनुभयो । उहाले  समान्य अवस्थामा ३० देखी ४० जना चिसोबाट प्रभावित विरामी आउने गरेको भए पनि दुई दिनदेखि परेको शितलहरले गर्दा हाल विरामीको संख्या ८० देखी १०० सम्म पुग्ने गरेको डा सिंहले बताउनुभयो ।
यसैबिच चिसो बढेर मौसम प्रतिकुल हुँदा बाराको सिमरामा रहेको विमानस्थलमा विहानकाको जहाजको उडानमा पनि केहि प्रभाव पर्दै आएको छ  । दिनभरीमा कुनै पनि उडान अवरुद्ध नभएता पनि निर्धारित समयमा भने उडान हुन नसकेको कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार