काठमाण्डौ
मंसिर २१
मोबाइल चोरी गर्ने १८ वर्षे एक किशोर जेल चलान भएका छन् ।
ललितपुरको विभिन्न स्थान तथा व्यक्तिको घर, कोठाबाट मोबाइल चोरी गर्ने ललितपुरको लुभु शंखादेवीका सुमन आचार्य जेल चलान भएका हुन् । उनलाई विभिन्न कम्पनीका १० थान चोरीका मोबाइलसहित ललितपुरले पक्राउ गरेको थियो ।
पक्राउ परेका आचार्यलाई जिल्ला अदालत ललितपुरको आदेश अनुसार ७९ हजार रुपैयाँ जरिवाना र तीन वर्ष १० महिना कैदको फैसला सुनाइएपछि उनी जेल चलान भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
