बिरालोले मुसो ढुकेझैँ गरेपनि आयोगलाई तराईका ७ जिल्लाबाट हात लाग्यो शुन्य !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २० सोमवार १५:३१ बजे

बिरालोले मुसो ढुकेझैँ गरेपनि आयोगलाई तराईका ७ जिल्लाबाट हात लाग्यो शुन्य !

काठमाण्डौ
मंसिर २०
स्थानीय तह पुनःसंरचना गर्न गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले यही मङ्सिर मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।

तराईका सात जिल्लाबाहेक सबै जिल्लाबाट पुनःसंरचना सिफारिस आइसकेकाले मङ्सिरभित्र प्रतिवेदन बुझाइने तयारी भएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी गराउनुभयो । तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीबाहेक सबै जिल्लाको प्रतिवेदन आयोगमा आइसकेको छ । आयोगले ६८ जिल्लाका प्राप्त प्रतिवेदनलाई अन्तिम तयार पार्ने काम गरिरहेको आयोगका सदस्य सुनिलरञ्जन सिंहले जानकारी गराउनुभयो । यसअघि आयोगले मङ्सिरको दोस्रो हप्ता प्रतिवेदन बुझाउने भनेको थियो । विसं २०७२ चैतमा स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले पहिलो चरणमा चैत ४ गतेदेखि काम थालेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार