मधेसी मोर्चा सरकारलाइ गलाउने प्रयासमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ८ बुधवार २१:२३ बजे

मधेसी मोर्चा सरकारलाइ गलाउने प्रयासमा

काठमाण्डौ
भदौ ८
संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले संविधान संशोधनका लागि आवश्यक प्रकृया अगाडी बढाउन आग्रह गरेको छ । मोर्चाको आज बसेको बैठकले संविधान संशोधनबारे सरकारसँग समन्वय तथा आवश्यक छलफल गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

morcha

कार्यदलमा मोर्चाका नेताहरु मनिषकुमार सुमन , लालबाबु राउत र राम नरेस राय रहनुभएको छ । बैठकले मदेश आन्दोलनका क्रममा घाईतेको निशुल्क उपचार, मुद्धा लागेका कार्यकर्ताको रिहाई र आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा लगायत विषयमा सरकार गठनअघि कांग्रेस–माओबादी गठबन्धनसंग भएका तीन बुँदे सहमति कार्यान्यवन  गराउन सरकारलाई दवाव दिने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेशको सिंमाङकनको विषय टुङग्याएपछि मात्र स्थानीय निकायको निर्वाचन हुनुपर्ने मोर्चाले निर्णय गरेको छ । ससद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनका अनुसार बैठकमा संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा पेश गर्न सरकारलाई दबाब दिने निर्णय गरेको  छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार