कति दिन नेपालीको नाममा ऋण लिएर घिउ खाने ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १७ शुक्रवार १६:०८ बजे

कति दिन नेपालीको नाममा ऋण लिएर घिउ खाने ?

काठमाण्डौ
मंसिर १७
एसियाली विकास बैंक (एडिबी)ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई १३ अर्ब १६ करोड ५४ लाख रुपैया सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक पर्ने नीति निर्माण एवम् कार्यान्वयनका लागि क्षमता विकास गर्न पाँच करोड ४४ लाख रुपैया प्राविधिक सहायतासमेत उपलब्ध गराउने छ ।

विगतदेखि नै सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रमको निरन्तरताअनुरुप आधारभूत गुणस्तरीय शिक्षा, माध्यमिक शिक्षा सुधार, दैवी विपत्तिका बेला पनि प्रभावित नहुने विद्यालय भवन निर्माण एवम् जोखिम घटाउने परियोजनाहरुमा उक्त ऋण उपयोग गरिने छ । ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामा र उक्त मन्त्रालयका सचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार