सरकारलाई दंग्याउदै भोकभोकै सुतिरहेका गोविन्द भेट्न मन्त्री गगन अस्पतालमा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १४ मंगलवार १५:४९ बजे

सरकारलाई दंग्याउदै भोकभोकै सुतिरहेका गोविन्द भेट्न मन्त्री गगन अस्पतालमा !

काठमाण्डौ
मंसिर १४
स्वास्थ्यमन्त्री गगन थापाले १७ दिनदेखि आमरण अनसनमा रहेका त्रिवी शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई अनसनस्थलमै पुगेर भेट गर्नुभएको छ ।

मन्त्री थापाले डा. केसीसँगको भेटमा मागका सम्बन्धमा सरकार गम्भीर भएको जानकारी गराउनुभएको छ । केही दिनदेखि डा.केसी पक्ष र सरकारी वार्ता टोलीबीच कुराकानी भए पनि निष्कर्षमा पुग्न सकेको छैन् । केसीसँगको भेटमा मन्त्री थापाले वार्ता निष्कर्षमा पुर्याउन उच्च राजनीतिक नेतृत्वसँग कुरा गर्ने आश्वासन दिनुभएको छ । थापाले आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले केसीका मागका सम्बन्धमा छलफल गरेर निर्णय गर्ने आश्वासन समेत दिनुभएको छ । डा. केसी त्रिवी उपकुलपति तीर्थ खनियाँ र चिकित्सा अध्ययन संस्थान (आइओएम)का नवनियुक्त डिन केशवप्रसाद सिंहको बर्खास्तीलगायत माग राख्दै १७ दिनदेखि अनसनमा हुनुहुन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार