डाक्टरहरु प्रर्दशनमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ११ शनिवार ११:२७ बजे

डाक्टरहरु प्रर्दशनमा

काठमाण्डौ
मंसिर ११
स्वास्थ्य शिक्षा सुधारका लागि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिँदै चिकित्सा शिक्षा क्षेत्रका आठ संगठनले आज पनि प्रदर्शन गर्ने भएका छन् । केसीको अनशनलाई वेवास्ता गरेको भन्दै ती संगठनहरुले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने बताएका हुन्  ।

यसअघि हिजो पनि बालुवाटारमा दिनभर डा केसी समर्थकहरुले प्रदर्शन गरेका थिए । रेसिडेन्ट डाक्टरहरु पनि हिजोबाट त्रिवि अस्पतालको बहिरंग विभागमा जान छाडेका छन् । डा. केसीको स्वास्थ्य जटिल बन्दासमेत सरकारले समस्या समाधानका लागि पहल नगरेको भन्दै डाक्टर केसी समर्थकहरुले देशभर आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । डाक्टर केसी १४ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार