डाक्टर गोविन्द केसीप्रति सरकार उदासिन भएको भन्दै डाक्टरहरु नै आन्दोलनमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १० शुक्रवार १५:५२ बजे

डाक्टर गोविन्द केसीप्रति सरकार उदासिन भएको भन्दै डाक्टरहरु नै आन्दोलनमा

काठमाण्डौ
मंसिर १०
शिक्षा र समग्र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै रेजिडेन्ड डाक्टहरुले त्रिवि शिक्षण अस्पतालको बहिरंग विभाग वहिस्कार गरेका छन् ।

डाक्टर केसीका मागका विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै ती डाक्टरहरुले खेद प्रकट समेत गरेका छन् । रेजिडेन्ट डाक्टरहरुको छाता संगठन नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनका अध्यक्ष डाक्ट लिजन महर्जनले डा. केसीका माग पूरा गराउनका लागि आफुहरु टिचिङ अस्पतालको बहिरंग विभाग नजाने निर्णयमा पुगेको बताउनुभयो । यसअघि हातमा कालोपट्टी बााधेर काम गर्दै आएका रेडिडेन्ट डक्टरहरुले अब बहिरंग विभागमा समेत काम रोक्ने चेतावनी दिएका हुन् ।
यसैबीच गोविन्द केसीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार केसीको शरीरमा सेतो रक्तकोषको कमी हुन थालेको छ । अहिले उहाँको घाटीमा पनि समस्या देखिएको छ । यससँगै मासपेशी बाउँडिने, रिंगटा लाग्ने, मुटुको धडकनमा अनियमितता हुने समस्या आएको उहाँको उपचारमा संलग्न डा. दिव्या सिंह शाहले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार