काठमाण्डौ
मंसिर १०
म्याग्दीको दरवाङ– २ भूमेथानमा आज बिहान आगलागी हुँदा करिब पन्ध्र लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितमान पुनको दुईतले कच्ची घरमा आगलागी हुँदा सो मूल्य बराबरकोे धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचर र पसलका सामान तथा सो घरमा डेरा गरी बस्ने व्यक्तिका सामानसमेत जलेर नष्ट भएको छ । सो घरमा बिहान ३ बजेतिर अचानक आलागी भएको थियो । स्थानीयवासी र प्रहरीले करिब दुई घन्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
