योग सिकाउन नेपाल आएका रामदेवको शिविरमा राष्ट्रपति भण्डारी !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ९ बिहीवार ०८:५८ बजे

योग सिकाउन नेपाल आएका रामदेवको शिविरमा राष्ट्रपति भण्डारी !

काठमाण्डौ
मंसिर ९
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घघाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्ने बताउनुभयो ।

योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्नुभयो । राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने धारणा राख्नुभयो ।
योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्दछ भन्दै राष्ट्रपति भण्डारीले योग शिविरले स्वस्थ र शान्त वीरगन्ज देओस् भन्ने कामना पनि गर्नुभयो ।
सोही अवसरमा गैरआवासीय नेपाली सघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध देशको नागरिक बन्ने हामी सबै नेपालीको चाहना भएकाले कसरी नेपाललाई समृद्ध देश बनाउने भन्नेतर्फ सोच्नु आजको आवश्यकता भएको बताउनुभयो । सो अवसरमा अहिले जारी कार्यक्रममा स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच,सरकारका  मन्त्रिलगायत विशिष्ट व्यक्तिको उपस्थिति छ ।
सो अवसरमा स्वामी रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान पनि गर्नु भएको थियो । विहान ५ बजेर ः२३ मिनेटमा  उदघाटन गर्नु भएको र पँच हजारभन्दा बढी मानिसको सहभागिता रहेको शिविरमा स्वामी रामदेवले योगाभ्यास गराउनुभएको थियो ।
यसैबिच,शिविरमा योगगुरु रामदेवले ५ दिनसम्म करिब १० हजारलाई योग प्रशिक्षण दिनुहुने सो योग सिविर ५ दिनसम्म चल्ने छ । शिविरमा रामदेवका सहकर्मी आचार्य बालकृष्णको पनि सहभागितामा हुनेछ । शिविरस्थल र समग्र वीरगन्जकै सुरक्षा व्यवस्था कडा बनाइएको छ । नगरका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । उनीहरूले सवारी जाचलाई कडा बनाएका छन् । जिल्लास्थित सुरक्षा स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र र सेनाका गरी करिब १ हजार ३ सय सुरक्षाकर्मी राष्ट्रपति, शिविर स्थल र नगर सुरक्षामा खटाइएकोछ  ।
आज राष्ट्रपति भण्डारी त्यहा रहनुभएकाले सुरक्षामा कडाई गरिएको हो ।   हिजो साझ  वीरगंज पुग्नुभएकी राष्ट्रपति भण्डारीले आज  बिहान योग शिविर उद्घाटन गरेपछी अव केहीवेरमा बारा जील्ला जाने कार्यक्रम छ । उहाले बाराको प्रसौनीमा पतन्जली आर्युवेदको उत्पादन इकाईको उद्घघाट्न गर्नुहुने छ । सो अवसरमा गढीमाई मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम समेत रहेको राष्ट्रपतिका प्रेस सल्लहकार माधव शर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार