घाइते भएका पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई गृहमन्त्री निधीद्धारा अस्पतालमै गएर भेट


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ८ बुधवार २०:५२ बजे

घाइते भएका पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई गृहमन्त्री निधीद्धारा अस्पतालमै गएर भेट

काठमाण्डौ
मंसिर ८
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले माइक्रो बस दुर्घटनामा घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अबस्थाबारे आज साँझ जानकारी लिनु भएको छ ।

आज बिहान पार्टीको बैठकमा भाग लिन माइक्रोबस चढेर गौशालाबाट चाबहिलतर्फ जाँदै गरेको अवस्थामा उहाँ दुर्घटनामा पर्नुभएको थियो । ७६ वर्षीय नेता केसीको टाउकाको पछाडि सामान्य चोट लागेको छ । भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गर्नु भएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार