गोविन्द केसीको पेटले आज ११ दिनको भोक खप्दै ! समर्थकद्धारा त्रिवि उपकुलपीको कार्यकक्ष बाहिर नाराबाजी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ८ बुधवार १६:०१ बजे

गोविन्द केसीको पेटले आज ११ दिनको भोक खप्दै ! समर्थकद्धारा त्रिवि उपकुलपीको कार्यकक्ष बाहिर नाराबाजी

काठमाण्डौ
मंसिर ८
चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको कार्यकक्ष घेराउ गर्दै राजीनामा माग गरेका छन ।

शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसी १० औँ चरणको अनसन बसेको आज ११ दिन पुगिसक्दा पनि सरकारले माग पुरा गने कुनै पहल नगरेपछि विद्यार्थीहरुले माग पुरा गराउन सरकारलाई दबाबस्वरुप उपकुलपतिको कार्यालय घेराउ गरेका हुन । यसअघि हिजो आइओएमका डिन प्रमुख केशबप्रसाद सिंहको राजीनामा माग गर्दै उहाँको कार्यालय घेराउ गरी प्रदर्शन गरिएको थियो ।

उपकुलपति खनिया भ्रष्टाचारमा लिप्त रहेको र बरिष्ठता नभई दलीय भागबण्डामा आइओएममा डिन प्रमुख नियुक्त गरिएकाले उनीहरु दुबैले राजीनामा दिनुपर्ने लगायतका १० बुँदे माग राख्दै गत कात्तिक २८ गतेबाट अनसन शुरु गर्नु भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार