काठमाण्डौ
मंसिर ८
कास्कीको कास्कीकोट लोरुकमा अल्ट्रा लाइट विमान दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको ज्यान गएको छ भने विमानमा सवार एक जना पर्यटक घाइते भएका छन् ।
विमान चालक अलेक जेन्डरको घटनास्थलमै मृत्यु भएको हो भने विमानमा सवार क्यानेडियन नागरिक घाइते भएका छन् । कास्कीमा पटक पटक अल्ट्रालाइट विमानहरु दुर्घटनामा पर्ने गरेका छन । तीन वर्ष अघि पनि अल्ट्रा लाइट दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने गत बर्ष हराएको एक अर्को अल्ट्रालाइट विमान केहीदिन अघिमात्रै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । पोखरा उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न पर्यटकहरुले एक यात्रु र चालक मात्रै चढ्न मिल्ने अल्ट्रा लाइट विमान प्रयोग गर्ने गरेका छन ।
