रुखले किचेपछि शशीकलाको मृत्यु,छोरी घाइते


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ८ बुधवार १५:४४ बजे

रुखले किचेपछि शशीकलाको मृत्यु,छोरी घाइते

काठमाण्डौ
मंसिर ८
छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कदै गर्दा रुखले किचेर देउसा– ५ सोलुखुम्बुकी शशीकला राईको मृत्यु भएको छ ।

स्थानीय नरनाथ राई र सुभराम राईले रुख काट्ने क्रममा ढल्दा बाटोमा हिँड्दै गरेकीे १७ वर्षीया राईको किचेर मङ्गलबार मृत्यु भएको हो । उनी ४५ दिनकी छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कदै गरेकी थिइन् । रुखले किचेर छोरी सामान्य घाइते भएकी छिन् । घाइते बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रुख काट्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार