जाडो बढेसँगै बिरामी बढे,स्वस्थ रहन चिकित्सकको यस्तो छ सुझाव


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ७ मंगलवार १३:५६ बजे

जाडो बढेसँगै बिरामी बढे,स्वस्थ रहन चिकित्सकको यस्तो छ सुझाव

काठमाण्डौ
मंसिर ७
जाडो निकै बढेसंगै  विभिन्न स्वास्थ्य समस्याहरू देखिएकाले राजधानीलगायत आसपासका अस्पतालमा विरामीको भिड  पनि बढेको छ । यसमध्ये सबैभन्दा बढी स्वासप्रश्वाससम्बन्धी समस्याले विरामीहरु अस्पतामा भिड लागेको पाईएको छ ।  जाडो मौसममा झाडापखालाले पनि सताउँने खतरा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो ।

विशेषगरी बालबालिका झाडापखालाको बढी जोखिममा हुने हुदा समेत रहनुपर्ने उहाले बताउनुभयो । रोटा भाइरसको कारणले झाडापखाला लाग्ने भएकाले बालबालिकालाई त्यसबाट बचाउन विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाई छ । बच्चालाई निमोनियाको डर पनि धेरै हुने हुदा विषे ख्याल गर्नुपर्ने चिकित्सकहरको सुझाव छ । जाडोको समयमा रुघाखोकी, दम, टन्सिल,  निमोनिया तथा विभिन्न किसिमको फ्लुको पनि उत्तिकै सम्भावना हुन्छ ।   अब फ्लुको सिजन सुरु हुँने भएकोले अहिलेदेखि नै बिरामीमा लक्षण पनि देखिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनुभयो ।

श्वासप्रश्वासजन्य समस्या र फ्लु जुनसुकै व्यक्तिलाई पनि लाग्ने गरे पनि बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्ने चिकित्सकहरू बताउँछन् । रुघाखोकी, सामान्य ज्वरो आयो भनेर लापरबाही गर्दा बिरामीको मृत्युसमेत हुन सक्न खतरा रहेको  चिकित्सहरुले बताएका छन् । यस्ता खतराबाट बच्न, तातो झोलिलो खानेकुरा बढी खाने,  राम्रोसँग साबुनपानीले हात धुने। संक्रमण भएको व्यक्तिको सम्पर्कबाट टाढा रहने, मास्क लगाएर हिँड्ने गर्नुपर्ने चिकित्सहरुको सुझाव छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार