काठमाण्डौ
मंसिर ६
भारतमा ५ सय र एक हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वर लगायत जिल्लाको मटिहानी , सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक हुने गरेको भारतीय रुपैयाँको कारोबार बन्द भएको हो । सो क्षेत्रमा दैनिक बिहानदेखि बेलुकासम्म दर्जनौँ व्यक्ति अवैधरुपमा बाटोमै उभिएर सीमानाकामा आउजाउ गर्ने व्यक्तिलाई भारु रुपैयाँ बेचेर हजाराँै आम्दानी गर्ने गरेका थिए भने इजाजत प्राप्त सटही काउण्टर र राष्ट्रिय वाणिज्य बैंकले पनि भारु रुपैयाँको कारोबार गर्दै आएको थियो ।
उनीहरुले नेपालबाट भारततर्फ बिरामी जचाँउन, आवश्यक सर सामान किनमेल गर्न र आकस्मिक कामकाजका लागि जाने व्यक्तिलाई नेपाली पैसा लिएर भारतीय पैसा बेच्दै आएका थिए ।
