काठमाण्डौ
मंसिर ५
आठ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।
वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्ति, चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर अनसनरत उहाँको स्वास्थ अवस्था जटिल बनेको हो । केसीको छातीको दुखाइ, मुटुको चालमा गडबडी, मांशपेशी दुखाइ बढ्दै गएको डा जीवन श्रेत्रीले जानकारी दिनुभयो । एक पटक आएको मुटुको समस्या अहिले समाधान भएपनि फेरी सोे समस्या दोहोरिएमा उहाँलाई खतरा हुने चिकित्सकहरुले बताएका छन् । चिकित्सा क्षेत्रमा सुधार माग राखेर १० औं पटकसम्म अनशन बस्दा पनि सरकार पक्षबाट माग सम्बोधनमा कुनै चासो नदिएको आरोप छ ।
केसीका मागप्रति समर्थन जनाउँदै अस्पतालका आवासीय चिकित्सकले पनि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन् ।
