काठमाण्डौ
मंसिर ३
६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्ति, चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर अनसनरत उहाको सवास्थअवस्था जटिल बनेको हो ।
हिजोसम्म सामान्य स्लाइनसमेत नलिनुभएका केसीको छातीको दुखाइ, मुटुको चालमा गडबडी, मांशपेशी दुखाइ बढ्दै गएको उहाको उपचारमा सलग्न चिकित्सकले बताएका छन् । शरीरमा खानाको अभाव भए किटोन बढी देखिने भएकाले उहाँको पिसाबमा किटोन बढी देखिएको र समस्या भएको जनाइएको छ । स्वास्थ्य कमजोर बनेपछि उहालाई हिजो साँझ देखि नर्मल स्लाइन दिइएको उहाको उपचारमा खटिएका चिकित्सकले बताएका छन् । चिकित्सा क्षेत्रमा सुधार माग राखेर १० औं पटकसम्म अनशन बस्दा पनि सरकार पक्षबाट माग सम्बोधनमा कुनै चासो दिएको छैन । केसीका मागप्रति समर्थन जनाउँदै अस्पतालका आवासीय चिकित्सकले पनि मंगलबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन् ।
