विभिन्न जिल्लामा नाराबाजी जारी, आयोगलाई भने भ्याईनभ्याई


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ३ शुक्रवार १६:३७ बजे

विभिन्न जिल्लामा नाराबाजी जारी, आयोगलाई भने भ्याईनभ्याई

काठमाण्डौ
मंसिर ३
स्थानीय तह पुनःसंरचना आयोगले जिल्लास्थित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले पठाएको पुनःसंरचनाको नक्साङ्कन गर्ने कार्य थालेको छ । आयोगको मापदण्डअनुसार प्राविधिक समितिले पठाएको पुनःसंरचनाको नक्साङ्कन गर्ने कार्य भइरहेको आयोगका सदस्य माधवप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार अहिले आयोगमा प्राप्त भएका ५४ जिल्लाको नक्साङ्कनको काम भइरहेको छ । आयोगले समितिले पठाएको पुनःसंरचनालाई सफ्टवेयरमा राखेर नेपालको नक्साबमोजिम भौगोलिक र जनसङ्ख्या हेरेर नक्साङ्कन गर्ने गरेको छ । आयोगका भौगोलिक सूचनाविज्ञ भोलानाथ ढकालले अहिलेसम्म ३८ जिल्लाको नक्साङ्कन सकिएको जानकारी गराउनुभयो । उहाँका अनुसार तीमध्ये १२ जिल्लाका समितिलाई आयोगले गरेको नक्साङ्कन प्रमाणित गर्नका लागि पठाइएको र २६ जिल्लाको पुनःसंरचनालाई पनि केही दिनमा पठाइने छ । आयोगले नक्साङ्कन पुनःसंरचना मिले÷नमिलेको हेर्न सम्बन्धित जिल्लाका समितिलाई जिल्लामा पठाउने गर्दछ । समितिले तीन दिनभित्र सोको लिखित जवाफ पठाउनुपर्ने हुन्छ । आयोगले मङ्सिरको दोस्रोसातासम्म नक्साङ्कनसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको आयोगका सदस्य अधिकारीले जानकारी गराउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार