काठमाण्डौ
कात्तिक २९
आज नोभेम्बर १४ तारिख अर्थात विश्व मधुमेह दिवस । विभिन्न चेतनामुलक कार्यक्रम गरी नेपालमा पनि विश्व मुधुमेह दिवस आज मनाईंदैछ । सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय मधुमेह संगठनले हरेक वर्षको नोभेम्बर १४ तारिखमा यो दिवस मनाउने गरेका छन् ।
दिवसका अवसरमा आज सरकारी तथा गैरसरकारी संस्थाले जनचेतनामूलक ¥याली र स्वास्थ्य शिविरहरु आयोजना गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार खानपान र जीवनशैलीलाई व्यवस्थित गर्न नसक्दा केही वषर््ायता मधुमेह रोगी बढ्दै गएका छन् । विश्वमा २५ करोड भन्दा धेरैलाई मधुमेह लागेको र हरेक १० सेकेन्डमा ३ जना विरामी थपिने अन्तराष्ट्रिय मधुमेह संगठनको तथ्याङ छ । मधुमेह लागेकालाई मुटु, मिर्गौलामा संक्रमणको सम्भावना धेरै हुने चिकित्सकहरुको भनाइ छ ।
खानपान र जीवनशैलीमा ध्यान पुरयाए मधुमेहबाट बच्न सकिन्छ । चिकित्सकहरुका अनुसार सन्तुलित खाना, नियमित व्यायाम गरी शरीरमा तौल ठीक राख्ने र रगतमा ग्लुकोजको मात्रा बारे जानकारी राखी सन्तुलन मिलाउन सके मधुमेह लाग्दैन ।
