१ करोड अमेरिकी डलर बोकेर आज को आउदैछ नेपाल ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २९ सोमवार १२:४२ बजे

१ करोड अमेरिकी डलर बोकेर आज को आउदैछ नेपाल ?

काठमाण्डौ
कात्तिक २९
नेपाल राष्ट्र बैंकले खरिद गरेको १ करोड अमेरिकी डलर (करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ आज नेपाल आइपुग्ने भएको छ ।

बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएपछि राष्ट्र बैंकले डलर खरिद प्रक्रिया अघि बढाएको हो । राष्ट्र बैंकले सिंगापुरको सीआइएमबी बैंकबाट फ्रेस अमेरिकी डलर खरिद गरेको छ । सो डलर आज साझसम्म नेपाल आउने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो । डलर आएपछि बजारमा नगद डलरको अभाव नहुने उहाको दावी छ ।
राष्ट्र बैंकले पहिलोपटक यसरी डलर खरिद गर्न थालेको हो । विगत केही वर्षयता बैंक तथा वित्तीय संस्थामा नगद डलर अभाव हुँदै आएको छ । बजारमा डलरको माग अकासिएपछि राष्ट्र बैंकले अमेरिकी डलर खरिद गरेको हो ।  राष्ट्र बैंक व्यवस्थापन समितिले दसैंअघि डलर खरिद गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा तिहार डलर खरिद सम्झौता भएको थियो । नगद डलर अभावभएसँगै निजी वाणिज्य बैंकहरूले पनि डलर आयात गर्ने इच्छा देखाएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार