रसुवागढीबाट चीन छिर्न चारदिनका लागि प्रतिवन्ध


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २९ सोमवार १२:३७ बजे

रसुवागढीबाट चीन छिर्न चारदिनका लागि प्रतिवन्ध

काठमाण्डौ
कात्तिक २९
नेपाल र चीनबीच सञ्चालनमा रहेको व्यापारिक नाका रसुवागढी चार दिन बन्द हुने भएको छ ।

हिजोदेखि चार दिनसम्मका लगि नाका बन्द भएपछि चिनियाँ पर्यटकको आवागमन समेत ठप्प भएकोे छ । नाका अब विहीवार मात्र खुल्ने छ ।  भने आवश्यक सामग्री ल्याउन लागेका व्यवसायी पनि समस्यामा परेका छन् ।
भूकम्पपछि बिग्रिएको सडक मर्मत गर्ने क्रममा विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै एकतर्फी रुपमा चार दिन यातायात संचालनमा रोक लगाएको हो । चीनतर्फको खम्बाटारदेखि केरुङसम्मको सडक मर्मत गर्नुपर्ने भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार