काठमाण्डौ
कात्तिक २१
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा एक महिलाको शव भेटिएको परेको छ ।

बोडेबाट मूलपानी तर्फ जाने भित्र सड्कको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
महिलाको टाउकोमा चोट देखिएको जानकारी दिँदै उहाँले हत्या गरेर बोरामा हालेर फ्याँकिदिएको हुन सक्ने बताउनुभयो । ति महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको उहाँले जानकारी दिनुभयो । प्रहरी बृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको छ ।
