सडकको खाल्डो पुर्न सरकारलाई खवरदारी गर्दै रविन्द्र अधिकारी !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ९ मंगलवार १५:३४ बजे

सडकको खाल्डो पुर्न सरकारलाई खवरदारी गर्दै रविन्द्र अधिकारी !

काठमाण्डौ
कात्तिक ९
राजधानीको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न तथा सवारी दुर्घटना न्यूनीकरण गर्न सडकका खाल्टाखुल्टी समयमै मर्मत गर्न संसदको विकास समितिले  सरकारलाई निर्देशन दिएको छ ।

सिहदरबारस्थित समिति कार्यालयमा आज विहान बसेको समितिको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई यस्तो दिएको हो । बैठकले सडक सञ्जालहरुलाई समयानुकुल मर्मत सम्भार तथा स्तरोन्नति प्राथमिकताका साथ गर्न र सडक सुरक्षामा अभिवृद्धि गर्न समितिले निर्देशन दिएको हो । नयाँ सडक बन्ने, पुराना सडकहरु विस्तार र स्तरोन्नति हुने क्रमभन्दा सवारी साधनहरु थपिने क्रम सापेक्षिक रुपमा बढी हुदा सडकको दुरावस्था भएको समितिको ठहर छ । जस कारण लामो दूरीको यात्रागर्नु जोखिमपूर्ण निश्कर्ष निकाल्दै समितिले समयमै मर्मत तथा स्तरोन्नती गर्न निर्देशन दिएको हो ।  यसैगरी समितिले मध्यपहाडी लोकमार्गलाई तीव्रताका साथ निर्माणकार्य सम्पन्न गर्न, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, मार्तडी (कोल्टी सडक खण्ड, भरतपुर (रामपुर  (मेघौली सडकखण्ड लगायतका सडकखण्डलाई समयमा नै मर्मत सम्भार गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार