काठमाण्डौ
कात्तिक ७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदबाट महाअभियोग लगाएर हटाउन माग गदैै डा. गोविन्द केसीका समर्थकले काठमाडौमा दवावमुलक ¥याली निकालेका छन् ।
संसदमा १५७ जना सभासदको कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता भइसकेको बेला अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीमाथि महाअभियोग प्रस्ताव बहुमतले पारित गर्न माग गर्दैै सोलीडारीटी फर डा गोविन्द केसी अलायन्स र विवेकशिल पार्टिको संयुक्त आयोजनामा सो दवाव मुलक ¥याली निकालिएको डा. केसी अलायन्सका समर्थक डाक्टर जीवन क्षेत्रीले बताउनुभयो । सो ¥यालीमा डा. गोविन्द केसी पनि सहभागी हुनुभएको छ । माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेको ¥यालीलाई संक्षिप्त सम्बोधन गर्दै डाक्टर केसीले संसदमा कार्कीविरुद्ध महाअभियोग दर्ता भएकोमा स्वागत गर्नुभयो । साथै महाअभियोग प्रस्तावको पक्षमा लाग्न उहाँले सबै सांसदलाई आग्रह गर्नुभयो ।
