बम पड्काउनेका नाइके पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:५० बजे

बम पड्काउनेका नाइके पक्राउ

काठमाण्डौ
कात्तिक ५
काठमाडौं उपत्यकाका केही साताअघि विद्यालयमा बम विष्फोट गराएर जनजीवन आतङकित बनाउने मुख्य योजनाकार पक्राउ परेका छन् ।

क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र आफूलाई सो पार्टीको विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनिहरले गएको असोज ४ गते काठमाडौं र ललितपुरका विभिन्न विद्यालयहरुमा बम राख्नुका साथै कैहीमा विष्फोट गराएका थिए ।
घटना भएको एक महिनापछि पक्राउ परेका उनीहरुलाई आज  दिउँसो २ बजे महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने प्रहरीले महनागरिय प्रहरी प्रमुख प्रतापसिह थापाले जानकारी दिनुभयो । बम विष्फोट गराएको आरोपमा दाहाल र देवकोटासहित हालसम्म  ६ जना पक्राउ परिसकेका छन् । यसअघि शंकर लाखे, चन्द्रबहादुर तामाङ, विष्णु पौडेल र होमबहादुर खत्री पनि पक्राउ परेका थिए । तर, त्यतिबेला उनीहरुलाई प्रहरीले तारेखमा छाडेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार