लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानले पनि चितवनमा डेंगुको प्रकोप बीसको उन्नाइस भएन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक १ सोमवार १५:२१ बजे

लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानले पनि चितवनमा डेंगुको प्रकोप बीसको उन्नाइस भएन

काठमाण्डौ
कात्तिक १
चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप दुई महिनादेखि अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप घट्न नसकेको हो ।

भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना सङ्क्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । असोजको २२ गते फूलपातीसम्म चितवनमा १२५ जनामा डेङ्गु लागेका बिरामी थिए । फूलपातीदेखि टीकाको पर्सिपल्ट २७ गतेसम्म छ दिनको अन्तरालमै थप ५३ जनामा सङ्क्रमण भएको पाइएको छ । असोजको अन्तिम तीनदिनको अवस्थाबारे अस्पतालबाट प्रतिवेदन आइनपुगेको केसीले जानकारी दिनुभयो । अझै चितवनको रत्ननगरमा यसको प्रकोप बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । दसैँको मुखमा डेङ्गु फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोलीसमेत आएर नियन्त्रण अभियान चलाएको थियो तर सङ्क्रमण घट्न सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार