ढल्यो भारतीय अपराधी बिरगंजमा,पुलिसलाई गोली ताक्न खोज्दा आफै परलोकतिर


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २४ सोमवार १६:३० बजे

ढल्यो भारतीय अपराधी बिरगंजमा,पुलिसलाई गोली ताक्न खोज्दा आफै परलोकतिर

काठमाण्डौ
असोज २४
पर्साको वीरगन्जमा प्रहरीको जवाफी कारबाहीमा एक भारतीय अपराधी मारिएका छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १८ शीरोमणी टोलमा प्रहरीको गोली लागेर भारतीय अपराधी दिलशाद आलम मारिएका हुन् ।

आलम दुई महिना पहिले वीरगन्जका उद्योगी सुरेश केडियाको अहपरण काण्डका फरार अपराधी हुन् । तर प्रहरीले भने मृत व्याक्तिको पहिचान खुल्न नसकेको बताएको छ । शीरोमणी टोलमा हिजो बेलुकी ८ बजे को समयमा नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकललाइ रोकेर चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका व्याक्तिले अचानक प्रहरी माथि पेस्तोल ताकेपछि जवाफी कार्वाहीमा प्रहरीले प्रहार गरेको गोली लागेर ती व्याक्तिको मृत्यु भएको हो । मोटरसाइकल चालक भने मोटरसाइकलसहित फरार भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । मृतकको साथबाट एक थान पोस्तोल र तीन राउण्ड गोली पनि बरामद गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताउनुभयो । शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित फरार रहेका अर्का व्याक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार