काठमाण्डौ
असोज २४
दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ ।
उपत्यकाका तीनवटै जिल्लाबाट २३ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन् । काठमाण्डौको सडकमा आजभोली पातलो सङ्ख्यामा सवारी साधन गुड्ने गरेका छन् भने मानिसको चहलपहल पनि न्यून छ । उपत्यका छोड्ने सर्वसाधारणभन्दा पनि विभिन्न बाध्यतामा राजधानीमा रहेका सर्वसाधारणलाई दसैँका बेला सवारी साधन, अत्यावश्यक खाद्य पदार्थ तरकारी आदि सामान किन्न र गन्तव्यमा पुग्न समस्या भएको छ । उपत्यकामा यात्रुको सुविधालाई मध्यनजर गरी नेपाल प्रहरी र नेपाली सेनाले विभिन्न रुटमा गाडी सञ्चालन गरिरहेको भएपनि धेरै यात्रु उक्त सेवाको पहुँचमा नभएको बुझिएको छ ।
