काठमाण्डौ
असोज २१
राजधानीबाट दसैँ मनाउन गृहजिल्ला जान हिँडेका यात्रुलाई बाटोमा घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ ।
विभिन्न राजमार्गका केही खण्डमा पहिरो र सवारीको अत्यधिक चापले जाममा वस्नुपर्ने अवस्था रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरी पुर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाडौं आउ–जाउ गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडक खण्डमा बढी जाम हुने गरेको छ । यातायाताको चाप, सडक विस्तार र विभिन्न खण्डमा पानीले सडकमा असर गरेकाले पनि जाम बढेको बताईएको छ । नरायनघाट–मुग्लिन सडक खण्डमा हिजो अत्याधिक जाम भएपनि आज भने सवारी सहज रुपमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो ।
उता पृथ्वी राजमार्गको आँबुखैरेनीमा अस्ति झरेको सुक्खा पहिरोले लामो दूरीका बस समयमै गन्तव्यमा पुग्न सकेका थिएनन् । बाटो खुलेपछि पनि पटक पटक सो सडक खण्डमा समस्या आउँदा जाम हुँदै आएको छ । यस्तै उपत्यकाबाट बाहिरिने अरनिको र बिपी राजमार्गमा भने अहिले कुनै समस्या नरहेको बताईएको छ । यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दैनिक तीन हजार पाँच सय सवारीसाधन राजधानीबाट पठाईरहेको बताउनुभयो । सडक मर्मत–सुधारमा बेवास्ता हुँदा यात्रुलाई समयमै गन्तव्यमा पु¥याउन नसकिएको उहाँले बताउनभुयो ।
