काठमाण्डौ
असोज २०
तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा ५० बढी यात्रु घाइते भएका छन् ।
तनहुँको डुम्रे बजारबाट दमौलीतर्फ आइरहेको बस दमौली घाँसीकुवा सडक खण्डमा पल्टिँदा बसमा सवार सबै यात्रु घाइते भएको नतहुँ ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र थापाले जानकारी दिनुभयो । ग १ ख ४१५३ नम्बरको बस आज दिउँसो तनहुँको व्यास १ अम्रेनीमा पल्टिएको हो । ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । सामान्य घाइते यात्रुको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइराखेको छ भने चार जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । यसैबीच संखुवासभाको खाँदबारीमा ट्याक्सीको ठक्करबाट आज विहान एक जनाको मृत्यु भएको छ । खाँदबारीबाट धनकुटाको हिले तर्फ जाँदै गरेको को १ ज ६२१ नम्बरको ट्क्सीले बा ६८ प २२९३ नम्बरको मोटरसाइकललाई ठक्करदिदाँ मोटरसाइकल चालक भोजपुरका २३ वर्षिय दिपक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका विकको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्सी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
