प्रहरीले समात्यो ५ सय ४७ किलो गाँजा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०८१ चैत ३ सोमवार १५:०८ बजे

प्रहरीले समात्यो ५ सय ४७ किलो गाँजा

प्रहरीले अवैधरुपमा लैजादै गरेको ५ सय ४७ केजी गाँजा बरामद गरेको छ । महोत्तरीको बर्दिबास ३ स्थित गौरीडाँडाबाट आइतबार लुकाईछिपाई लैजादै गरेको अवस्थामा गाँजा फेला पारिएको हो ।

सिन्धुली तर्फबाट बर्दिबास जादै गरेको बा ३ ख ५८३२ नम्बरको मिनिट्रकमा लुकाईएको गाँजा इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । ‘निलो रंगको मिनिट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा मिनिट्रकको माथि टिनको फल्स बटम बनाएर त्रिपालले छोपेको अवस्थामा फेला पर्यो’ प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलले बताए । जसमा ३५ पोका भेटिएको प्रहरीले जनाएको छ । अवैध लागुऔषध गाँजा बोकेको मिनीट्रक र चालक सिन्धुपाल्चोक घर भई काठमाण्डौं बस्दै आएका सलिन मगरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

गोप्य सुचनाको आधारमा रेकी गरिरहेको प्रहरीले गाँजा समात्न सफल भएको छ । पछिल्लो समय बर्दिबास प्रहरीले लागुऔषध नियन्त्रण र राजमार्गबाट हुने अवैध लागुऔषध ओसारपसारको विषयमा अनुसन्धान तीव्र बनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार