पत्रकार महासंघको विज्ञप्तीको खण्डन गर्दै बोटल वाटर उद्योग संघ भन्छ- पत्रकारलाई सम्झाएको मात्रै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७९ साउन २८ शनिवार २२:५५ बजे

पत्रकार महासंघको विज्ञप्तीको खण्डन गर्दै बोटल वाटर उद्योग संघ भन्छ- पत्रकारलाई सम्झाएको मात्रै

खानेपानीको जारमा किरा भेटिएको भन्दै पानी उद्योगमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथी आफूहरुले हातपात नगरेको नेपाल बोटल वाटर उद्योग संघले स्पष्ट पारेको छ । ओसिएन ड्रिंकिङ वाटर ईण्डस्ट्रिजमा पुगेका पत्रकारमाथी हातपात भएकाले ध्यानाकर्षण सहितको विज्ञप्ती नेपाल पत्रकार महासंघले जारी गरेपछि संघले त्यसको खण्डन विज्ञप्ती मार्फत नै गरेको हो ।

गत बुधबार स्पेस फोके टेलिभिजनका नरेन्द्र महतारा र सुरेन्द्र राउत काठमाण्डौंको कागेश्वरी मनोहरा ७ स्थित ओसिएन ड्रिंकिङ वाटर ईण्डस्ट्रिजको कार्यालयमा समाचार संकलन गर्न पुगेका थिए । त्यसको अघिल्लो दिन अर्थात २४ श्रावणमा मनोहरा खोलामा आएको बाढीले केहि पानी उद्योगमा क्षती पुगेको र सोहि सम्बन्धमा छलफल गर्न नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतम सहितका पदाधिकारी जम्मा भएका थिए । सोहि क्रममा पुगेका पत्रकारद्धयलाई बाढीले पुर्याएको क्षतिका कारण पीडामा रहेका पानी उद्योगीका अघि अनुमती बिना भिडियो छायांकन नगर्न भनेर सम्झाई बुझाई गरेको संघले विज्ञप्ती मार्फत स्पष्ट पारेको छ । पत्रकार महासंघको जारी विज्ञप्तीको भत्र्सना गर्दै विज्ञप्ती सच्याउन समेत वाटर उद्योग संघले माग गरेको छ । संघका महासचिव गोकुल थापाद्धारा जारी विज्ञप्तीमा महासंघको विज्ञप्ती गलत भएको दाबी गरिएको छ ।

 

हेर्नुस् नेपाल बोटल वाटर उद्योग संघको विज्ञप्ती

यसअघि नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्ती


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट